Hamro Yuva Club Logo
Hamro Yuva Club

Bahudarmai-7, Phulkaul, Parsa, Nepal

News & Updates

Stories of impact, inspiration, and service from Hamro Yuva Club. Discover how our community is coming together to create positive change.

समाचार तथा सूचना

हाम्रो युवा क्लबका आधिकारिक सूचना, कार्यक्रम अपडेट, बैठक जानकारी, सदस्यता सम्बन्धी सूचना, साधारणसभा सूचना तथा अन्य महत्वपूर्ण समाचार यहाँ प्रकाशित गरिन्छ।

2026-11-10

पुन साधारण सभा

पुनः साधारण सभा सम्बन्धी सूचना यस हाम्रो युवा क्लबको मिति २०८३/०५/२६ गतेको सूचना अनुसार आयोजना गरिएको वार्षिक साधारण सभामा आवश्यक गणपूरक संख्या नपुगी सभा स्थगित भएकोले, संस्थाको विधान २०८० को दफा ११ को उपदफा (५) तथा दफा १८ को उपदफा (२) को व्यवस्था बमोजिम निम्न मिति, समय र स्थानमा पुनः साधारण सभा आह्वान गरिएको छ । तसर्थ, सम्पूर्ण साधारण तथा संस्थापक सदस्यज्यूहरूलाई उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गरिन्छ । सभा हुने विवरण: * मिति: २०८३ साल असोज 24 गते * समय: बेलुका 6:30 बजे * स्थान: हाम्रो युवा क्लबको प्राङ्गण, अध्यक्ष ज्यु को निजि निवास ( श्री लाल यादव जी को घर निर ) बहुदरमाई-०७, फुलकौल, पर्सा छलफलका मुख्य प्रस्तावहरू: १. नयाँ साधारण सदस्यता वितरण तथा स्वीकृति सम्बन्धमा । २. साधारण सभाको समय निरन्तरता तथा वैधानिकता सम्बन्धमा । ३. अध्यक्ष पदमा साविककै अध्यक्षलाई निरन्तरता दिने सम्बन्धमा । ४. वार्षिक प्रगति समीक्षा तथा आगामी वर्षको एजेन्डा र लेखापरीक्षण (अडिट) स्वीकृति सम्बन्धमा । ५. कार्यसमितिका पदाधिकारीहरूको राजीनामा स्वीकृति अनुमोदन सम्बन्धमा । ६. नयाँ कार्यसमिति पदपूर्ति तथा मनोनयन अनुमोदन सम्बन्धमा । आदेशानुसार, ......................... (अध्यक्ष) हाम्रो युवा क्लब
सबै समाचार तथा सूचना हेर्नुहोस् arrow_forward