2026-10-23
रक्तदान कार्यक्रम
॥ अत्यावश्यक सूचना ॥
विषय: रक्तदान कार्यक्रमसम्बन्धी सूचना।
हाम्रो युवा क्लब, बहुदरमाई नगरपालिका वडा नं. ७ को आयोजनामा मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ बृहत्त रक्तदान कार्यक्रम आयोजना हुन गइरहेको छ। "एक थोपा रगत, जीवनको नयाँ आशा" भन्ने मूल नारासहित राखिएको यस महान सामाजिक कार्यमा उपस्थित भई रक्तदान गर्न सम्पूर्ण रक्तदाता, युवायुवती, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रमको विवरण:
* मिति: २०८३ साल कार्तिक ७ गते
* समय: बिहान ७ :०० बजेदेखि
* स्थान: हाम्रो युवा क्लबको प्रांगण, बहुदरमाई नगरपालिका वडा नं. ७
विशेष अनुरोध:
* रक्तदान नै जीवनदान हो; तपाईंको एक पोका रगतले कसैको अमूल्य ज्यान बचाउन सक्छ।
* स्वस्थ व्यक्तिहरूले यस कार्यक्रममा सक्रिय सहभागिता जनाई यस मानवीय अभियानलाई सफल बनाउनुहुन विनम्र अनुरोध छ।
थप जानकारी तथा सम्पर्कका लागि:
* सम्पर्क व्यक्ति: हाम्रो युवा क्लब परिवार
* फोन नम्बर: ९८१२७५९९९६
आयोजक:
हाम्रो युवा क्लब
बहुदरमाई नगरपालिका, वडा नं. ७
सबै समाचार तथा सूचना हेर्नुहोस् arrow_forward